काठमाडौं- यती एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ। कर्णालीमा सेवा विस्तारका लागि एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्न आज शनिबार परीक्षण उडान गरेको हो।
एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगन्ज–सुर्खेत र सुर्खेत–नेपालगन्ज उडान उडान भरेको थियो।
परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको एयरलाइन्सले जानकारी दिएको छ । दुई–तीन दिनपछि परीक्षण उडानको रिर्पोट आएपछि त्यसको आधारमा उडान थाल्ने एयरलाइन्सको तयारी रहेको छ ।
साथै, यती एयरलाइन्सले आजै धनगढी विमानस्थलमा पनि परीक्षण उडान गरेको छ।
प्रतिक्रिया