काठमाडौंको सडकमा उत्रिए देशभरका शिक्षकहरु

शनिबार, २४ फागुन २०८१, १६ : ०१

काठमाडौं- देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन् । आज शनिबार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडामौं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सहित सुरु गरिएको हो। 

आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो । आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई महासङ्घले विभिन्न समूहमा विभाजन गरेको छ । जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको छ । 

तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले लक्ष्य राखेको थियो । त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई काठमाडौँ पठाउन भनेको थियो । 

आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ शुल्क उठाउन र सोमध्ये ५० रुपैयाँ राष्ट्रिय समितिलाई उपलब्ध गराउन महासङ्घले निर्देशन दिएको छ ।  नेपाल शिक्षक महासङ्घसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासङ्घले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ । 

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन् ।

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।

यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँका सडकमा उत्रिएका थिए ।

शनिबार, २४ फागुन २०८१, १६ : ०१

प्रतिक्रिया