काठमाडौं- जाजरकोटको शिवालय गाउँपालिका-१ नजिकै युवकको शव फेला परेको छ। शनिबार बिहान अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शनिबार बिहान भेटिएको शव जाजरकोटकै छेडागाड नगरपालिका-१२ का राजु सिंहको हो।
जाजरकोटका प्रहरीले भेटिएको शवमा केही चोट देखिएको र मृत्युको कारण पोष्टर्माटमपछि थाहा हुने बताएको छ । स्थानीयहरुले भने शव उठाउन नदिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयहरुले शव भेटिएपछि स्थानीयले बिहानैदेखि शिवालय गाउँपालिकादेखि छेडागाड नगरपालिका जोड्ने सडक अवरुद्ध पारेका छन्।
प्रतिक्रिया