स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

आइतबार, २५ फागुन २०८१, १० : ०८

काठमाडौं- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालमा राष्ट्रिय पद्दतिको योजना २०२८ मा ल्याएको र हालसम्म त्यही पद्दतिअनुसार चलिरहेकोले सुधार आवश्यक रहेको बताएका छन् ।

विराटनगर १३, भेट्नरी चौक, मोरङस्थित स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन कार्यक्रममा बाल्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।

समय परिस्थिति बद्लिँदो अवस्था रहेकोले सुधारको आवश्यक रहेकोले सदनमा बहस भइरहेको पनि प्रदेश प्रमुख खापुङले बताए । त्यसैगरी उनले विद्यालयहरूले सीपमुलक शिक्षाको अवधारणा ल्याई वेरोजगारलाई अन्त्य गर्नुपर्ने औंल्याएका छन् ।

कार्यक्रममा विशिष्ट समाजसेवीहरूलाई सम्मान र विविध सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष डा.उद्धवप्रसाद पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

आइतबार, २५ फागुन २०८१, १० : ०८

प्रतिक्रिया