काठमाडौं- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कला संस्कृतिले मुलुकभित्र नभएर अन्तराष्ट्रियस्तरमै देशलाई चिनाउने बताएका छन् ।
भानु कला केन्द्रका संस्थापक अध्यक्ष चतुर्भुज आशावादीको ८१औं जन्मजयन्तिको आयोजित चतुर्भुज आशावादी स्मृति सम्मान कार्यक्रमको उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
एभरेष्ट सेकेण्डरी स्कुल, विराटनगर ५ मा भएको कार्यक्रममा गण्डकी प्रदेश पोखराको हिमाली सांस्कृतिक परिवारलाई सम्मान गरिएको थियो भने उक्त परिवारले गण्डकी प्रदेशको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।
त्यसैगरी कोशी प्रदेशका विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत भएका थिए ।
प्रतिक्रिया