डब्लुएचओले ल्यायो कर्मचारीका लागि स्वेच्छिक अवकाश प्याकेज

आइतबार, २५ फागुन २०८१, ११ : १५

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  खर्च नियन्त्रणका लागि स्वेच्छिक अवकाशको प्रस्ताव अघि सारेको छ। सबैभन्दा ठूलो सहयोगी मानिने अमेरिकाले बाहिरिने तयारी गरेपछि डब्लुएचओले यो प्याकेज ल्याउन लागेको हो ।

डब्लुएचओले शुक्रबार इमेलमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वेच्छिक अवकाश प्याकेज सबै कार्यस्थलका कर्मचारीहरूलाई प्रस्ताव गरिएको छ। यो योजना ५५ वर्ष भन्दा माथिका कर्मचारीहरूका लागि लक्षित गरिएको छ र स्वीकार गर्नेहरूले जुलाई १५ भित्र संस्थाबाट बाहिरिनु पर्नेछ।’

सामान्यतया डब्लुएचओले आफ्नो वार्षिक कुल बजेटको करिब पाँच भागमा एक भाग अमेरिकाबाट प्राप्त गर्ने गरेको थियो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई डब्लुएचओबाट निकाल्ने घोषणा गरेपछि डब्लुएचओ खर्च कटौतीका उपाय सोच्न बाध्य भएको हो ।

आइतबार, २५ फागुन २०८१, ११ : १५

प्रतिक्रिया