कालीमाटीको काउलीमा भेटियो अत्यधिक विषादी

आइतबार, २५ फागुन २०८१, १२ : २७

काठमाडौं - धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ । 

धादिङमा उत्पादित काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

आइतबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १९ पसलको १९ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
 

आइतबार, २५ फागुन २०८१, १२ : २७

प्रतिक्रिया