महुली लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, २६ फागुन २०८१, १० : १४

काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले ८ हजार कित्ता सेयर सर्वसाधारणले र २ हजार १०० कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सेयर खरिदका लागि सर्वसाधारणले आजदेखि ७ दिन भित्र र संस्थापक सेयरधनीहरूले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्नेछ।

उक्त सेयर खरिद गर्न इच्छुकले तोकिएको समयभित्र कृष्णासवरण–६ महुली, सप्तरीस्थित कम्पनीको कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।

 

सोमबार, २६ फागुन २०८१, १० : १४

प्रतिक्रिया