राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौं महानगरको निर्णय

सोमबार, २६ फागुन २०८१, १० : २८

काठमाडौं - काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

आइतबार राप्रपा र राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आयोजना गरेको प्रदर्शनको दौरान सार्वजनिक स्थानमा फोहोर फाल्ने र भौतिक क्षति पुर्‍याउने आरोपमा महानगरले उक्त जरिवाना लगाएको हो। 

यस क्रममा महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका बिरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभाबी फोहोरमैला गरेको भन्दै महानगरले जरिवानाको पत्र काटेको हो ।
 

सोमबार, २६ फागुन २०८१, १० : २८

प्रतिक्रिया