काठमाडौं- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रको जवाफ दिएका छन् ।
ट्रम्पले तेहरानलाई पठाएको पत्रको जवाफ दिदै खामेनीले इरानले धम्की दिने सरकारहरुसँग वार्ता नगर्ने बताएका छन् । ट्रम्पले पत्रमार्फत इरानले आणविक सम्झौताको वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्न सक्ने चेतावनी दिएका थिए ।
संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन् ।
गत शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिएको र अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने बताएका थिए ।
प्रतिक्रिया