राप्रपाले तिर्यो काठमाडौं महानगरलाई १ लाख जरिवाना

सोमबार, २६ फागुन २०८१, १४ : ३५

काठमााडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागतका क्रममा फोहोर गरेको र आसपासका रुखहरूमा क्षति पुर्याएको भन्दै महानगरले एक लाख जरिवानाको पत्र काटेको थियो।

सोही अनुसार आज सोमबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितको टोलीले एक लाख महानगरको खातामा दाखिला गरेको शाहीले जनाएका छन्।

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ-बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’ शाहीले फेसबुकमा लेखेका छन्।

यसअघि पार्टी प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टी सिंगो सहभागी भएको तर त्यहाँ राप्रपाको झण्डा नभएकोले जरिवाना नतिर्ने  बताएका थिए।
 

सोमबार, २६ फागुन २०८१, १४ : ३५

प्रतिक्रिया