एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

मंगलबार, २७ फागुन २०८१, १२ : ०७

काठमाडौं - आगामी चैत ७ गतेदेखि सुरु हुने २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी  ५ लाख १० हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्। 

बोर्डले परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीको आधारमा यस वर्ष उक्त संख्यामा विद्यार्थीले परीक्षा दिने जनाएको छ । यद्यपि, परीक्षा फाराम भरेका सबै परीक्षार्थी सहभागी हुने नगरेको समेत बोर्डले उल्लेख गरेको छ ।

आगामी चैत ७ देखि १९ सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि केन्द्रबाट गरिने सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ । परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्‍याइसकिएको र परीक्षामा अनिवार्य विषयका लागि प्रदेशअनुसार फरक– फरक प्रश्न पत्र तयार पारिएको बोर्डले जनाएको छ ।

ऐच्छिक विषयमा विद्यार्थी संख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एकै प्रकारको मात्रै प्रश्न पत्र छापिएको छ। यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागी हुनेछन्।
 

मंगलबार, २७ फागुन २०८१, १२ : ०७

प्रतिक्रिया