सरकारले राख्यो १० निर्माण कम्पनीलाई कालोसूचीमा

बुधबार, २८ फागुन २०८१, ११ : ५९

काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। 

कार्यालयको फागुन ५ गतेको निर्णयअनुसार विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार १० कम्पनीलाई आजदेखि लागू हुने गरी कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूले आगामी एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यस निर्णयसँगै, ती कम्पनीहरूलाई आगामी समयका लागि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको छ।

blacklist

 

बुधबार, २८ फागुन २०८१, ११ : ५९

प्रतिक्रिया