काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक जग्गा प्रयोग गरेको भनेपछि प्रतिनिधिसभा बैठकमा लफडा भएको छ । सांसद श्रेष्ठको अभिव्यक्तिपछि कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाएका हुन् ।
श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी लगायत उठेर विरोध गरे । तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन् ।
सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो । उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए । तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् ।
प्रतिक्रिया