वैदेशिक अध्ययन अनुमतिपत्र चैत २ गतेसम्म बन्द

विहीबार, २९ फागुन २०८१, १६ : १६

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) आगामी चैत २ गतेसम्म बन्द हुने भएको छ ।

मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट दिँदै आएको अनलाइन सेवा  शाखाको नियमित मर्मत् गर्न लागेकोले बन्द हुन लागेको हो । सेवा २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने मन्त्रालयले जनाएको छ ।

चैत १ गते शुक्रबार भौतिकरूपमा पनि एनओसी बन्द हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

noc

विहीबार, २९ फागुन २०८१, १६ : १६

प्रतिक्रिया