काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। .
कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै, तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया