नेपाल इन्जिनियरिङ कलेज र मलेसियाको जेएसजे कलेज बिच शैक्षिक समझदारी

शुक्रबार, ०१ चैत्र २०८१, ११ : २८

काठमाडौं - नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जेएसजे कलेज बिच शैक्षिक समझदारी भएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रविधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुई वटा शैक्षिक संस्थाबीच समझदारी भएको हो ।

समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के.सी. र जेएसजे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा। के। हरिकृष्णनले हस्ताक्षर गरेका छन् । सहायक प्राचार्य के।सी।ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, विद्यार्थीहरूको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताए ।

‘विद्यार्थीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न, पढाइको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरूसँग हाम्रो सहकार्य भइरहेको छ । त्यसै अनुरूप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’ नेकका सहायक प्राचार्य के।सी।ले बताए ।

जेएसजे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालय अन्तरगतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ । विगत १० वर्षदेखि कलेजले विश्वब्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

उक्त मओयू कार्यक्रमको संयोजन इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख इ। सह–प्राध्यापक सचिन श्रेष्ठले गरेका थिए ।
 

शुक्रबार, ०१ चैत्र २०८१, ११ : २८

प्रतिक्रिया