काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेपछि विभिन्न अमेरिकी परियोजनाको सहयोग रकम दुरुपयोग भएको भन्दै रोक लगाएका थिए । उनले नेपालमा सञ्चालित विभिन्न आर्थिक सहयोग परियोजना समेत उपलब्धीमूलक नभएकाले त्यसलाई ठगीको संज्ञा दिएका थिए ।
विभिन्न अमेरिकी सहयोग परियोजनाको रकम नेपालमा पनि दुरुपयोग गरिएको विषय ट्र्रम्पको खुलासा पछि बाहिरिएको थियो । अमेरिकी आर्थिक सहयोग रकम लिने सरकारी तथा गैरसरकारी संस्थाहरुको विवरण सार्वजनिक हुने क्रम अहिले बढिरहेको छ ।
यसैबीच नेपालकै ठूलो निर्माण कम्पनी हिमालय बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिले अमेरिकी सरकारबाट करिब ४४ मिलियन डलर(६ अर्ब रुपैयाँभन्दा बढी) रकमको ठेक्का लिएको पाइएको छ । यो सन् २००८ देखि २०२५ सम्मको अवधिमा विभिन्न परियोजनाको ठेक्काका लागि प्राप्त गरेको रकम हो ।
यस निर्माण कम्पनीले नेपाली कांग्रेसकी नेतृ एवं नेपाल सरकारको परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा सञ्चालक रहेको युलेन्स स्कूल पनि निर्माण गरेको थियो । उक्त स्कूलको व्यवस्थापन समितिको अध्यक्ष अहिले पनि मन्त्री राणा नै रहेकी छिन् ।
हिमालय बिल्डर्सले अमेरिकाबाट विभिन्न ठेक्काका लागि उक्त रकम लिएको विवरण अमेरिकी सरकारी वेवसाइट (usaspending.gov)मा उपलब्ध छ । उक्त अमेरिकी सरकारी वेवसाइटको तथ्यांक अनुसार २००८ देखि २०२५ सम्म हिमालयन बिल्डर्सले अमेरिकी सरकारबाट कुल ४४ मिलियन डलरको ठेक्का अनुबन्ध प्राप्त गरेको विवरण उल्लेख छ ।
यस निर्माण कम्पनीले नेपालमा अन्य विभिन्न ठूला निर्माण परियोजनाहरु पनि सम्पन्न गरेको छ । काठमाडौंमा अमेरिकी दूतावास, डेनमार्क, थाइल्याण्ड, जापान र म्यानमारमा अमेरिकी कन्सुलेट कार्यालय, अस्ट्रेलियन दूतावास, फ्रान्सेली दूतावास र क्यानडियन दूतावास जस्ता ठूला परियोजनाहरू पनि सम्पन्न गरेको छ ।
यसबारेमा प्रतिक्रिया लिन नेपालस्थित हिमालय बिल्डर्स कम्पनीमा सम्पर्क गर्दा त्यहाँका आधिकारिक प्रतिनिधिहरु सम्पकमै आउन मानेनन् ।
प्रतिक्रिया