एजेन्सी – भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि विश्वकप क्रिकेट २०१९ को भारतीय टोलीमा रिषभ पन्तले स्थान पाउने भएका छन् । यसअघि नै १५ सदस्यीय भारतीय टोलीमा रिषभ पन्त नपरेकोमा भारतीय टिमका चयनकर्ताको आलोचना भएको थियो ।
अस्ट्रेलियाविरुद्धको खेलमा सतक जोडेका भारतीय ओपनर शिखर धवन औला भाँचिएका कारण तीन साता क्रिकेट खेल्न नसक्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलकै दौरान ब्याटिङ गर्दा औला भाचिएपछि उनको साटो फिल्डिङका लागि रवीन्द्र जडेजा मैदानमा आएका थिए
अस्ट्रेलियाविरुद्धको खेलमा उनले १ सय ९ बलमा १ सय १७ रन जोडेका थिए । कम्तीमा तीन साता बाहिर बस्नुपर्ने भएपछि उनले पहिलो चरणका सबै खेल गुमाउने छन् ।
पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।