अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूत निष्कासित

शनिबार, ०२ चैत्र २०८१, ११ : ०५

काठमाडौं- अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई ​​निष्कासन गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई घृणा गरेको आरोप लगाएका छन्।

'हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन', मार्को रुबियोले ट्विटरमा लेखेका छन्, 'इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन्। हामीलाई उहाँसँग कुनै कुरा गर्नु छैन।'

फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए। अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो।

गत हप्ता ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिने भनेर विवादलाई अझ बढाएका थिए।

'सुरक्षाको कारणले देश छोड्न चाहने कुनै पनि दक्षिण अफ्रिकी किसान (परिवारसहित) लाई नागरिकतासहित संयुक्त राज्य अमेरिका आमन्त्रित गरिनेछ', ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गरेका थिए। एजेन्सी
 

शनिबार, ०२ चैत्र २०८१, ११ : ०५

प्रतिक्रिया