काठमाडौं- तनहुँमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् ।
म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूको प्रदेश अस्पताल दमौलीमा थप उपचार भइरहेको छ । उनीहरूलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया