काठमाडौं- सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सिराहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको हो ।
खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको हो ।
मृतक हेम खड्का ट्याङ्कर चालक थिए । केही वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनी पाँच वर्षीय छोरीको अभिभावक बनेर जीवनयापन गरिरहेका थिए ।
नेपाल विद्युत् प्राधिकरण लहान शाखाले ११ केभी भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ ।
शव पोस्टमार्टमका लागि लहान स्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
प्रतिक्रिया