काठमाडौं- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ ।
एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । भन्सार प्रमुख दीपक लामिछानेकाअनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आवको बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ ।
वीरगन्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।
यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो । रासस
प्रतिक्रिया