स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न प्राधिकरणले समिति गठन गर्ने

सोमबार, ०४ चैत्र २०८१, १३ : १५

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मुल्यांकन गर्न समिति गठन गर्ने भएको छ। चैत ४ गते सूचना जारी गर्दै समितिमा बस्ने इच्छुक सदस्यहरुसँग आशयपत्र माग गरेको हो। 

प्राधिकरणले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र बक्यौता तिर्न नसक्दा खारेज भएको थियो। 

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली बमोजिम मूल्य निर्धारण समिति गठन गर्न आह्वान गरेको छ। प्राधिकरणले मान्यताप्राप्त शैक्षिक संस्थाबाट चार्टड एकाउन्टेन्सीको उपाधि हासिल गरी १० वर्ष लेखापरीक्षकको रुपमा काम गरेको व्यक्ति हुनुपर्ने उल्लेख गरेको छ।
pra
 

सोमबार, ०४ चैत्र २०८१, १३ : १५

प्रतिक्रिया