अमेरिकामा नेपाली आईटी सेवा प्रदर्शन हुँदै

मंगलबार, ०५ चैत्र २०८१, १७ : ०१

काठमाडौं- अमेरिकामा नेपाली सूचना प्रविधि (आईटी) सेवाहरूको प्रदर्शन गर्ने भएको छ । ‘टेक पिक नेपाल: ओर्लान्डो २०२५’ कार्यक्रममार्फत आईटीमा आधारित सेवा प्रदर्शन हुन लागेको हो ।

फ्लोरिडाको ओर्लान्डोमा आगामी मार्च २४–२७ सम्म हुने कार्यक्रम नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को संयुक्त आयोजनामा हुनेछ ।

सीएनआईको अनुसार कार्यक्रममा विश्वभरका आईटी क्षेत्रका ठुला कम्पनीहरू सहभागी हुनेछन् । 

कार्यक्रममा नेपालका आईटी कम्पनीहरूले आईबीएम, इन्फोसिस र पीडब्लूसी जस्ता विश्वका ठूला कम्पनीहरूसँगै आफ्नो क्षमता देखाउने अवसर पाउनेछन् ।​

मंगलबार, ०५ चैत्र २०८१, १७ : ०१

प्रतिक्रिया