लघुवित्त बैकर्स संघ र लघुवित्त कर्मचारी मञ्च बाँकेद्वारा वित्तीय सचेतना कार्यक्रम समापन

शनिबार, ०९ चैत्र २०८१, १६ : ०७

काठमाडौं- नेपाल लघुवित्त बैकर्स संघको सहकार्य र लघुवित्त कर्मचारी मञ्च, कोहलपुर बाँकेको आयोजनामा ‘ग्लोबल मनी विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम समापन भएको छ । 

‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ वित्तीय संस्थाहरुले ‘ग्लोबल मनी विक’ मनाइरहेका छन्। शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैकका निर्देशक तथा विभिन्न लघुवित्त वित्तीय संस्थाबाट बाक्लो उपस्थिति रहेको थियो । 

अहिलेको युवापुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने गरेका छन्। कार्यक्रममा उपस्थिति विशिष्ट व्यक्तित्वहरुले वित्तीय लगानी, बचत लगायतका विषयमा जानकारी दिएका थिए ।

अग्रनाइजेजन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रुपमा यो अभियान सञ्चालन हुँदै आएको छ।

शनिबार, ०९ चैत्र २०८१, १६ : ०७

प्रतिक्रिया