गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

आइतबार, १० चैत्र २०८१, १२ : ५०

काठमाडौं- गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको आज बसेको ५१२ औं बैठकको निर्णयले इवाहाङलाई सीईओ पदमा नियुक्त गरेको हो ।

उनलाई भोलिदेखि लागुहुने गरी आगमी चार वर्षको लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरिएको हो ।

यसअघि सीईओ नियुक्त भएका प्रकाश चन्द्र अधिकारीलाई सञ्चालक समितिले पदमुक्त गरेपछि नयाँ सीईओको रुपमा इवाहाङलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

 


 

आइतबार, १० चैत्र २०८१, १२ : ५०

प्रतिक्रिया