इन्टरनेट कम्पनी नेपाल वायरलेसको अनुमति खारेज

सोमबार, ११ चैत्र २०८१, १२ : ५२

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक नेपाल वायरलेसको इन्टरनेट सेवा सञ्चालन अनुमति खारेज गरेको छ।

कम्पनीले तोकिएको समयमा अनुमति पत्र नवीकरण नगरेकाले स्वचालित रूपमा खारेज भएको प्राधिकरणले जनाएको छ। इन्टरनेटको अनुमति पत्र प्राप्त संस्था नेपाल वायरलेसले राम्चे, म्याग्दीबाट ग्रामीण दूरसञ्चार सेवा प्रदायकको रूपमा अनुमति पत्र (अनुमति पत्र नं. ग्रामीण-५) पाएको थियो । 

 प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, ‘दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८१ फागुन १९ देखि स्वतः खारेज भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्राधिकरणले नियमानुसार तिर्न र बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न समेत सूचित गरिएको छ ।

तोकिएको समयभित्र सम्पर्कमा नआए प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

सोमबार, ११ चैत्र २०८१, १२ : ५२

प्रतिक्रिया