काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार, यो संख्या केवल हवाइमार्गबाट नेपाल आएको पर्यटकको हो।
बोर्डको तथ्यांक अनुसार, वर्षको पहिलो तीन महिनामा कुल दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन्। जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए।
मार्च महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्, जसको संख्या २१ हजार चार सय १२ पुगेको छ। यसका अतिरिक्त, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना पर्यटक नेपाल पुगेका छन्।
श्रीलंकाबाट ८ हजार आठ सय ८६ र बेलायतबाट ५ हजार नौ सय ९५ जना पर्यटक पनि नेपाल आएका छन्। यसैगरी, मार्च महिनामा दक्षिण एसियाली मुलुकहरूबाट मात्र ३५ हजार दुई सय ८७ पर्यटक नेपाल भित्रिएका छन्।
प्रतिक्रिया