जर्मनीद्वारा प्यालेस्टाइन समर्थकलाई देश निकाला, नेपाली सचेत हुन जरुरी

शुक्रबार, २२ चैत्र २०८१, १३ : २९

काठमाडौं- जर्मनीले प्यालेस्टाइनको समर्थन गर्ने ४ जनालाई देश निकालाको आदेश आदेश जारी गरेको छ । जर्मनीको अध्यागमन कार्यालयले गाजामा इजरायलको युद्ध विरुद्धको विरोध प्रदर्शनमा भाग लिएर प्यालेस्टाइनको समर्थन गरेको आरोपमा उनीहरूलाई देश छाड्न भनेको हो । 

देश निकालामा पर्नेहरूमा पोल्यान्डका एक जना, अमेरिकाका एक जना र आयरल्यान्डका २ जना नागरिक रहेका छन् । कुनै पनि अपराधमा संलग्न नरहे पनि उनीहरूलाई जर्मनी छाड्न भनिएको हो । उनीहरूमाथि गाजामा इजरायली आक्रमणको विरोध प्रदर्शनमा सामूहिक धर्नामा सहभागी भएको जस्ता सामान्य आरोप लगाइएको छ । उनीहरूलाई आफ्नो राजनैतिक आस्थाकै आधारमा देश निकालामा परेका छन् । 

जर्मनीको आप्रवासन कानुनमा देश निकाला आदेश जारी गर्न आपराधिक अभियोगको आवश्यकता नपर्ने व्यवस्था छ । यस घटनाबाट जर्मनीमा रहेका वा जाने तयारीमा रहेका नेपाली समेत सचेत हुनु पर्ने देखिन्छ । उच्च शिक्षा अध्ययनका लागि युरोप जाने नेपालीहरूका लागि जर्मनी एक प्रमुख गन्तव्य हो । जर्मनीमा करिब १० हजार ५ सय नेपालीको बसोबास रहेको छ । 

शुक्रबार, २२ चैत्र २०८१, १३ : २९

प्रतिक्रिया