नेष्डो समृद्ध लघुवित्तद्वारा सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

शनिबार, २३ चैत्र २०८१, १२ : २८

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त तथा राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएको संस्थाले इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो।

संस्थाको सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक तथा कार्य अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपिसहित २०८२ साल वैशाख ४ गते कार्यालय समय अपराह्न ५ः३० भित्र संस्थाको इमेल ठेगानामार्फत् वा संस्थाको कार्यालयमा हार्डकपी समेत बुझाउनु पर्नेछ।

आवेदनकर्ताले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानूनमध्ये कुनै एक विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु आवश्यक छ। 

साथ,ै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तथा व्यवस्थापन तहको १० वर्ष कार्य अनुभव हुनुपर्ने, उच्च सम्पर्क र समन्वय गर्न सक्ने क्षमता भएका र लघुवित्त क्षेत्रमा विद्यमान समस्याको सामना गर्न सक्ने इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। 

उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने तथा तलब र सुविधाहरू आपसी समझदारीमा निर्धारण गरिने संस्थाले बताएको छ ।

शनिबार, २३ चैत्र २०८१, १२ : २८

प्रतिक्रिया