काठमाडौं– लोकप्रिय स्मार्टफोन Infinix GT 20 Pro नेपाली बजारमा पुनः उपलब्ध हुने भएको छ । "दि बीस्ट" उपनामले चिनिने यो डिभाइस, नेपाली प्रयोगकर्ताहरूबाट प्राप्त माया र उत्साहजनक प्रतिक्रियाले गर्दा फेरी एकपटक बजारमा झनै बलियो रूपमा भित्रिएको हो।
पछिल्लो पटक स्टक सीमित हुँदा धेरैले छुटाएको GT 20 Pro, यसपटक गेमरहरूका लागि विशेष रूपमा तयार पारिएको संस्करणमा सार्वजनिक हुने भएको छ। शक्तिशाली MediaTek Dimensity 8200 Ultimate चिपसेटद्वारा सञ्चालित यो फ्ल्यागशिप गेमिङ फोनले कुनै सम्झौताविनाको परफमेन्सको ग्यारेन्टी दिन्छ।
धुलिखेलदेखि धनगढीसम्म, सडकका स्ट्रिट गेमरदेखि अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स सपना देख्ने युवा पुस्तासम्म GT 20 Pro उटा फोन नभई साहस, शैली, र परफमेन्सको प्रतीक बनिसकेको छ। इनफिनिक्सको यो पुनरागमन "गेमिङ पुनर्जागरण" हो, जहाँ हरेक प्रयोगकर्ताको योगदानलाई सम्मान गरिएको छ। यसको स्लोगन: "GT 20 Pro – जित्नैका लागि जन्मिएको।" रहेको छ ।
प्रमुख विशेषताहरू:
डेडिकेटेड गेमिङ डिस्प्ले चिप: अल्ट्रा-स्मूद र रियल टाइम ग्राफिक्स अनुभव
120Hz AMOLED डिस्प्ले: प्रो-लेभल टच रेस्पोन्स र भिजुअल एक्सपेरिएन्स
साइबर मेचा डिजाइन: स्टाइल र गेमर स्पिरिटको अद्वितीय संयोजन
Gen Z फ्रेन्डली: ट्रेन्डी लुक्स र हार्डकोर परफमेन्सको मिक्स
अघिल्लो पटक किन्न नपाएका तथा नयाँ अपग्रेडको सोचमा भएका ग्राहकका लागि ११ अप्रिल २०२५ देखि सम्पूर्ण इनफिनिक्स स्टोरहरू र अनलाइन प्लेटफर्महरूमा पाईनेछ ।
प्रतिक्रिया