काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः डा.भिम प्रसाद पौडेललाई नियुक्त गरेको छ।
कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको १७४औँ बैठकको निर्णयअनुसार डा। पौडेललाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो। उक्त निर्णय २०८२ साल वैशाख १ गतेदेखि लागू हुने जनाइएको छ।
यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा कम्पनी रजिष्टारको कार्यालयमा समेत पठाइएको छ।
प्रतिक्रिया