काठमाडौं- नेपालका लागि जापानका राजदूत मेएडा टोरूले केएनपी जापान कारखानाको अवलोकन गरेका छन् ।
कारखानाका निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबंधक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरूले उनको स्वागत गर्नुको साथै कारखाना अवलोकन गराएका थिए ।
राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको यस बहुराष्ट्रिय संयुक्त लगानी उद्योगको कार्यप्रणाली र गुणस्तरप्रति प्रसन्नता व्यक्त गर्दै, यस प्रकारको सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
बहुदेशीय लगानी उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकास गर्न समस्याहरूको समाधानका लागी नेपाल सरकारले तदारूकता साथ लाग्व्यने बताएका थिए । मेएडा टोरूले नेपालमा हाल सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा नेपालमा थप लगानीको संभावना बढ्ने विश्वास व्यक्त गरेका थिए ।
यस अघि पनि दुई जना जापानी राजदूतहरूले केएनपी जापान कारखानाको भ्रमण गरेका थिए ।
प्रतिक्रिया