काठमाडौं- विन नेपाल लघुवित्तको एफपीओ यसै साताभित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङकाअनुसार शुक्रबारसम्ममा एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ ।
कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।
कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
प्रतिक्रिया