काठमाडौं- मातृभूमि लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रस्तावलाई भोलि मंगलबार पारित गर्ने भएको छ । मंगलबार लघुवित्तको साधारणसभा पनि बोलाईएको छ।
साधारणसभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी काम गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा राखिएको छ।
आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगदलगायत विवरणमाथि छलफल हुनेछ। कम्पनीले यस पटक पनि सेयधनीलाई लाभांश नदिने भएको छ। कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ।
प्रतिक्रिया