लुम्बिनी प्रदेशद्वारा चैत मसान्तसम्म ३९ प्रतिशत खर्च

बुधबार, ०३ बैशाख २०८२, १२ : २९

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३९ प्रतिशत खर्च गरेको छ । 

फागुन मसान्तसम्ममा ३१ प्रतिशत खर्च भएकोमा चैत महिना थप ८ प्रतिशत गरी ३९.७४ प्रतिशत पुर्‍याएको कोष तथा लेखा नियन्त्रण कार्यालयले लुम्बिनी प्रदेशले जनाएको छ । 

प्रदेश सरकारले चालुतर्फ ४१.७६ र पुँजीगततर्फ ३८.५६ प्रतिशत रकम गरी चैत मसान्त सम्म कुल ३९.७४ प्रतिशत पुर्‍याएको हो ।    

प्रदेशमा यो एक महिनामा चालुतर्फ ७ प्रतिशत र पुँजीतर्फतर्फ ९ प्रतिशत खर्च वृद्धि भएको देखिन्छ । किनकि फागुन मसान्तसम्म चालुतर्फ ३४.५७ र पुँजीगततर्फ २९.८२ प्रतिशत खर्च भएको थियो । 

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा यो ९ महिनाको अवधिमा र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा १५ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ । जसमा  पुँजीगततर्फ ९ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ७२ लाख खर्च भएको छ । 

बुधबार, ०३ बैशाख २०८२, १२ : २९

प्रतिक्रिया