राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक

आइतबार, ०७ बैशाख २०८२, १५ : ५७

काठमाडौं– नयाँ बानेश्वरमा निषेधित  क्षेत्र तोड्ने भनी राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ । पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै फितलो भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए । 

राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । केही स्थानहरूमा सामान्य धकेलाधकेल भए पनि कुनै अप्रिय घटना भने भएको छैन । 

पार्टी नेताहरू पक्राउ परेपछि अहिले राप्रपाको आकस्मिक बैठक चार बजे बस्दै छ । प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ  र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लगेको छ ।  

 
आइतबार, ०७ बैशाख २०८२, १५ : ५७

प्रतिक्रिया