रियलमी र एनसेलबीच सहकार्य, रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

सोमबार, ०८ बैशाख २०८२, १२ : ५१

काठमाडौं— विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमी र एनसेलबीच नयाँ सहकार्य भएको छ । सहकार्यअन्तर्गत रियलमीले “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन्। फोरजी र भोल्टको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो।

नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ । ८+१२८ जीबीको लागि मूल्य रु.२६,९९९ र ८+२५६ जीबीको लागि रु.२९,९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलोर झट्काबाट सुरक्षित साथै वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भएको बताईएको छ । 

यो अफर देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुने जनाइएको छ । 
 

सोमबार, ०८ बैशाख २०८२, १२ : ५१

प्रतिक्रिया