काठमाडौं- विश्व बैंकका अध्यक्ष अजय बङ्गाले विकासोन्मुख मुलुकहरूले यथाशीघ्र संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता गर्नुपर्ने बताएका छन्। अजय बङ्गाले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठक अगाडि लिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।
“बैंकले विकासशील देशहरूलाई अमेरिकासँग छिटो सम्झौता गर्न र त्यसपछि व्यापार अवरोधहरू कम गर्न र वस्तुहरूको क्षेत्रीय प्रवाह बढाउन ध्यान केन्द्रित गर्न सल्लाह दिइरहेको छ,” बङ्गाले भने ।
उनले भने, “अमेरिकासँग जतिसक्दो चाँडो व्यापार प्रणालीका लागि वार्ता गर्न आवश्यक छ । यदि ढिलो गरियो भने यसले सबैलाई दुख दिन्छ।”
ट्रम्पको करले वित्तीय बजारलाई तहसनहस बनाएको छ, अस्थिरता बढाएको छ र लगानीकर्ता र उपभोक्तालाई त्रसित बनाएको छ ।
जनवरीमा सत्तामा फर्केपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अधिकांश देशहरूमा ‘न्यूनतम (आधारभूत)’ १० प्रतिशत कर लागू गरेका छन् । अमेरिकाले स्टिल, एल्युमिनियम र संयुक्त राज्य अमेरिकामा निर्माण नगरिएका सवारी साधन (कार) लगायतका क्षेत्रहरूमा २५ प्रतिशत क्षेत्र–विशेष कर लगाइएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकासँग अनुचित व्यापार सन्तुलन भएको आरोप लगाउँदै दर्जनौं देशहरूमा धेरै उच्च दरमा करहरू लागू गर्नुभएको थियो। त्यसमध्ये अधिकांश निर्णयलाई अस्थायी रूपमा रोकिएको छ ।
बङ्गाले भने, “बैंकको कार्यकारी बोर्डले जुनमा आफ्नो ऊर्जा रणनीतिमा छलफल गर्ने तयारी गरेको छ । सम्भवतः आणविक र ग्याँस दुवैका लागि वित्तपोषण एजेन्डामा हुनेछ।”
बङ्गाले भने, “केवल सम्पन्न अर्थव्यवस्थाहरूबाट रोजगारीको अवसर खोज्ने मात्र नभई बैंकले विकासशील देशहरूमा ठूलो निजी क्षेत्रको रोजगारी सिर्जनालाई प्रोत्साहित गर्न पनि जोड दिइरहेको छ । यसले विकासशील (उन्नत अर्थव्यवस्था) मा चुनौतीहरूको सामना गर्न र समस्या पहिल्याउन मानिसहरूले उनीहरूको बारेमा आफ्नो राय राखिरहेका छन् ।
प्रतिक्रिया