राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

विहीबार, १८ बैशाख २०८२, ११ : ३०

काठमाडौं- रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ । 

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । 

आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत् गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ । 

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो 

विहीबार, १८ बैशाख २०८२, ११ : ३०

प्रतिक्रिया