काठमाडौं- नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएकी छन् ।
महासंघको काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
सुब्बा यसअघि महासंघको उपाध्यक्ष थिइन् । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ ।
त्यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ । महासंघले समसामयिक बिषयमा १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया