एफपीओ निष्कासनको तयारीमा मातृभूमि लघुवित्त, धितोपत्र बोर्डसँग माग्यो अनुमति

शुक्रबार, १९ बैशाख २०८२, १५ : ३४

काठमाडौं- मातृभूमि लघुवित्त वित्तीय संस्थाले साढे ११ करोड रुपैयाँ बराबरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपछि बनेको मातृभूमि लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा संस्थाले ११ करोड ४९ लाख ९८ हजार २५९.७६ रुपैयाँबराबरको एफपीओ ल्याउनेछ।

संस्थाले १०० रुपैयाँ दरका कुल ११ लाख ४९ हजार ९८२.६० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

शुक्रबार, १९ बैशाख २०८२, १५ : ३४

प्रतिक्रिया