काठमाडौं- सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आवको ९ महिनामा संस्थाले ५ करोड ५९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ९९.४६ प्रतिशतले वृद्धि भएको हो । गत आवको समीक्षा अवधिमा संस्थाले २ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद शुल्क तथा कमिशन खर्च पनि घटेको छ भने यस शिर्षकको आम्दानी बढेको छ । यसैगरी खुद सञ्चालन आम्दानी पनि वृद्धि हुँदा समग्रह नाफा नै वृद्धि भएको हो ।
आम्दानी र नाफा वृद्धि गरे पनि कर्जा रिकभरीमा भने संस्था सुस्त देखिएको छ । संस्थाको खराब कर्जा बढेर ८.४९ प्रतिशत पुगेको छ । गत आवको चैतसम्म ४.७४ प्रतिशत रहेको थियो ।
कम्पनीको वितरण योग्य मुनाफा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी २७.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.९९ गुणा बढेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६८.५८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया