काठमाडौं- टिकटकले नेपालमा आफ्ना युवा पुस्ताका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरू गरेको छ।
यस फिचरमार्फत् अभिभावकहरूले आफ्ना किशोर-किशोरीहरूको टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन । जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फ्यामिली पेयरिङ फिचर सुरू गर्नको लागि टिकटकको 'सेटिङ्स एण्ड प्राइभेसी' मेनुमा गएर क्यूआर कोड स्क्यान गरी अकाउन्टहरू आपसमा जोड्न सकिन्छ। एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधैं सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन्।
फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल-बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन । जसलाई अभिभावकले आफ्ना छोरा–छोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन्। जस्तै यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरू रहेका छन।
यो फिचरले परिवारका लागि मानसिक शान्ति दिनेछ, किनभने यसले किशोर (टिन) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्छ। यो आउँदै गरेको पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम हो।
यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ। यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ।
सार्वजनिक व्यक्तित्वहरूको विश्वसनीय आवाजलाई उपयोग गरेर टिकटकले नेपालभरका परिवारहरूसम्म पुग्ने र फ्यामिली पेयरिङ फिचरको व्यापक अपनत्वलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ। नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो, जसले विशेषगरी युवापुस्तालाई सुरक्षित अनुभवका साथ टिकटक प्रयोग गर्न प्रोत्साहन गर्नेछ।
टिकटक छोटो मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो। हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन दिनु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छ र यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो जस्ता शहरहरूमा अवस्थित छन्।
प्रतिक्रिया