आशा लघुवित्तको नाफा र प्रतिसेयर आम्दानीमा वद्धि

सोमबार, २२ बैशाख २०८२, १२ : ०३

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्ष यसै अवधिसम्म ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ६९ प्रतिशत बढी नाफा कमाएको हो।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७ पैसाबाट बढेर ११ रुपैयाँ ९३ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी ३१ करोड ६२ लाख रुपैयाँबाट बढेर ५० करोड ८० लाख रुपैयाँ नाघ्दा सञ्चालन नाफा पनि साढे ५ करोड रुपैयाँबाट बढेर ९ करोड ६६ लाख रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा पौने ५ करोड रुपैयाँभन्दा बढी र रिजर्भमा ३४ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।


 

सोमबार, २२ बैशाख २०८२, १२ : ०३

प्रतिक्रिया