लक्ष्मी लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

सोमबार, २२ बैशाख २०८२, १२ : ४४

काठमाडौं- लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले करिब १३ प्रतिशत खुद नाफा गरेको हो। गत वर्षको कम्पनीको नाफा साढे ४ करोड रुपैयाँ रहेको थियो । 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ७६ पैसाले बढेर १५ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २१ पैसा छ।

कम्पनीको खुद ब्याज आम्दानी २७ करोड ७९ लाख रुपैयाँबाट बढेर ३२ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ६ करोड ३४ लाख रुपैयाँबाट बढेर ६ करोड ८५ लाख रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ३५ लाख र रिजर्भमा पौने २३ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

कम्पनीले झण्डै २ अर्ब ९५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह र साढे २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

निष्क्रिय कर्जा ९.१६ प्रतिशत पुगेको यस कम्पनीको आधारदर १४.६४ प्रतिशत र वितरणयोग्य नाफा (लाभांश क्षमता) २ करोड ३५ लाख रुपैयाँ रहेको छ।


 

सोमबार, २२ बैशाख २०८२, १२ : ४४

प्रतिक्रिया