भारतद्वारा पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द

सोमबार, २२ बैशाख २०८२, १३ : २०

काठमाडौं- पहलगाम घटनापछि भारत सरकारले पाकिस्तानबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । यसबाट बिरे नुन र ड्राइ फ्रुट्समा सबैभन्दा बढी प्रभावित हुनेछ । यस्तोमा भारतीय व्यापारीहरूले बिरे नुनको अर्डर रद्द गरेका छन् भने पुरानो अर्डर पनि रोकिएको छ । 

भारतले हरेक वर्ष पाकिस्तानबाट सयौँ टन बिरे (लाहोरी) नुन, खजूर, कालो किसमिस र सब्जाको बिया पाकिस्तानबाट आयात गर्दै आएको थियो । अफगानिस्तानबाट पाकिस्तान हुँदै नेभारा र किसमिस आइपुग्थ्यो । सरकारले पाकिस्तानबाट आयात बन्द गरेपछि थोक बिक्रेताहरूले बिरे नुनको ठुलो मात्रामा अर्डर रद्द गरेका छन् । 

पुराना अर्डर पनि दिइएको छैन । अब यी सामान अन्य देशहरू हुँदै आयात गरिने जनाइएको छ । ढुवानी लागत बढ्दा तिनीहरूको मूल्यमा असर पर्नेछ । भारतले बङ्गलादेशबाट ठुलो मात्रामा कपास आयात गर्थ्यो । यतिबेला भारतको बंगलादेशसँगको सम्बन्ध पनि राम्रो छैन । यस्तो अवस्थामा सुती कपडाको मूल्य बढ्न सक्ने विश्लेषण आइरहेका छन् । -एजेन्सी

सोमबार, २२ बैशाख २०८२, १३ : २०

प्रतिक्रिया