मिथिला लघुवित्तको नाफामा वृद्धि

मंगलबार, २३ बैशाख २०८२, ११ : १२

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा मिथिला लघुवित्तले  गत वर्षको तुलनामा ७७.१४ प्रतिशतले धेरै नाफा कमाएको छ । 

यस अवधिमा संस्थाको खुद नाफा ५ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

मंगलबार, २३ बैशाख २०८२, ११ : १२

प्रतिक्रिया