श्रीजनशील लघुवित्तको नाफामा सामान्य गिरावट

बुधबार, २४ बैशाख २०८२, १२ : ३२

काठमाडौं- श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष यस संस्थाले २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी ७ करोड ७८ लाखबाट बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको भन्दा कम छ । अन्य सञ्चालन आम्दानी ५ करोड ८ लाखबाट घटेर २१ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।

१० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड २४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) २८.९१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२९.७३ रुपैयाँ छ । 
 

बुधबार, २४ बैशाख २०८२, १२ : ३२

प्रतिक्रिया